२०८३ असार १९ गते | 3rd of July 2026

एनआरएन अमेरिका निर्वाचन : बलिया डा. पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १८ गते १८:४५

के सी शेर
टेक्सास (अष्टिन) गैर आवासिय नेपाली संघ एनआरएन अमेरीकाको निर्वाचन नजिकिदै जांदा बिभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ ।

अध्यक्ष लगायत बिभिन्न पदहरुमा आफ्नो उम्मेद्वारी घोषणाको क्रम जारी रहेपनि आगामी कार्यकाल बर्तमान अध्यक्ष डा. केशव पौडेल नै सम्हाल्ने वातावरण बन्दै गएको स्रोतले बताएको छ । अध्यक्ष पौडेल निकट श्रोतका अनुसार अध्यक्ष डा. पौडेलको पक्षमा माहोल बन्दै गइरहेको छ । स्रोत भन्छ “अहिले उम्मेद्वारी घोषणा गर्नेहरु मध्ये धेरै उम्मेद्वार निर्वाचन सम्म पुग्दै पुग्दैनन, अरु पदको बार्गेनिङ गरिरहेका छन् यसकारण पनि अध्यक्षमा डा. पौडेल नै विजयी हुनेछन् ।”

अध्यक्ष डा. पौडेलले सार्वजनिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा नगरेपनि आफु निकटका व्यक्तिहरु मार्फत तथा आफै बिभिन्न स्थानहरुमा पुगेर आन्तरीक तयारीलाई व्यापक बनाएका छन् ।

जती धेरै अध्यक्षका प्रत्यासी भए उत्ती फाइदा डा. पौडेललाई हुन्छ पौडेल निकटका एक पदाधीकारीले भने – “अवको कार्यकाल पनि डा. पौडेलले सम्हाल्ने पक्का छ ।” यसपटक अध्यक्ष डा. पौडेलले पनि सबैलाई मिलाएर काम गर्ने खाले टिम बनाउन खोजेको बताइसकेका छन् यसकारण पनि सबै संग आन्तरीक रुपमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *