२०८२ चैत ३ गते | 17th of March 2026

नेपाल प्रहरीले भित्र्यायो इन्टरनेट बिना इमेल पठाउन सकिने प्रविधि

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २ गते ३:२७

काठमाडौ २ श्रावण । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि भित्र्याएको छ। प्रहरी प्रधान कार्यालयले संचार दिवसको अवसर पारेर यस प्रविधिलाई भित्र्याएको हो।

यस प्रविधिलाई मिलिटरी स्टाडर्ड प्रवधिको सफ्टवेयर डिफाइनेट प्रविधि पनि भनिने नेपाल प्रहरीले जनाएको छ। यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गरिने हो भने इन्टरनेट ब्राउज गर्न सकिन्छ। त्यसै गरी इमलेल सर्भ मा जडान गरिने हो भने व्यक्तिगत इमेल ठ्गाना मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ

यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ र यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ । यस्तै प्रविधि सेनाले पनि अपनाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *