२०८१ वैशाख २३ गते | 5th of May 2024

नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन नभएकोमा दुःख व्यक्त

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १३ गते १४:१२

काठमाडौँ – गैर आवासीय नेपाली संघ(एनआरएनए) का सल्लाहकार एवम् पूर्वउपाध्यक्ष कुल आचार्यले सरकारले जारी गरेको नागरिकता ऐन सम्बन्धि अध्यादेशमा गैरआवासीय नेपालीहरूको मुद्दा सम्बोधन नभएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सरकारले गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्‍ने गरेको टिप्पणी गरेका हुन् ।

नेपालको संविधानमा नै उल्लेख गरिएको विषयलाई पनि सरकारले उपेक्षा गरेको उनको आरोप छ । ‘देशका अन्य नागरिकहरुका नागरिकताका सवाल संसद नभएको अवस्थामा फास्ट ट्रयाकमा सम्बोधन भैरहेको अवस्थामा गैर आवासीय नेपालीका नागरिकताका सवालमा भने निरन्तर विलम्ब हुनु दुःखद पक्ष हो । यसतर्फ नेपाल सरकारको जति सक्दो चाँडो ध्यान जाओस् भन्‍ने आग्रह गर्दछु’ आचार्यले भनेका छन् । भूकम्पको बेला वा अन्य जुनसुकै विपत्तिमा गैर आवासीय नेपालीहरूले मातृभूमि र नेपालीहरूको लागि सहयोग गरिरहेको स्मरण गर्दै आचार्यले सरकारले भने कहिल्यै उनीहरूको बारेमा ध्यान नदिएको गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *