२०८१ माघ ५ गते | 18th of January 2025

समाजसेवी बादल भुजेलद्दारा एनआरएन टेक्सासको सभापती पदमा उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १९ गते ४:५८

डालस – गैर आवासिय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी टेक्सास च्याप्टर सभापतीमा बादल भुजेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

मंगलवार समाजसेवी भुजेलले एक विज्ञप्ती जारी गर्दै एनआरएन अमेरीका टेक्सास च्याप्टर सभापतीमा उम्मेद्वारी घोषणा गरेका हुन । मेची बहुमुखी क्याम्पस बाट ने बि संघको राजनीति सुरुगरेका भुजेल चर्चित युवानेता बिश्वप्रकाश शर्माका सहपाठी हुन् । अमेरिकामा आएर उनि उस्तै विभिन्न सामाजिक सस्थामा सहभागी र आबद्ध हुदै आएका छन् ।

२००४ मा गठन गरिएको एन डि एफ का सस्थापक सदस्य भुजेल  नेपाली समाज टेक्सास को कार्यकारी समितिमा बसेर काम गरिसकेका छन् । नेपाली जनसंपर्क समिति टेक्सास च्याप्टर का संस्थापक कोषाध्यक्ष, नर्थ डालस नेपाली समाजका सस्थापक अध्यक्ष भुजेल सामाजिक कार्यमा त्यस भेगका एक अभियन्ता नै हुन् । भर्खरै विधिवत उद्घाटन भएको तथा केहि बर्ष देखिने संचालनमा आएको नेपाली सास्कृतिक तथा आध्यात्मिक केन्द्रू पशुपतिनाथ तथा बौद्ध मन्दिर का सस्थापक सदस्य समेत रहेका भुजेल विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएका छन् ।

दुइ छोरी तथा श्रीमतीकासाथ् नर्थ डालसको प्लानो सहरमा बसोबास गरिरहेका समाजसेवी बादल भुजेल एन आर एन टेक्सासको सभापति बनेर सम्पूर्ण टेक्सास बासिको सुखदुखको साथि  बन्ने   विज्ञप्ती मार्फत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *