२०८१ वैशाख २८ गते | 10th of May 2024

एनआरएन निर्वाचन : सदस्यता वितरणका लागि क्यालिफोर्निया च्याप्टरद्दारा समिती गठन

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १९ गते २१:००

गोकुल ढकाल

नजिकिदैं गरेको एनआरएन अमेरिकाको निर्वाचनको लागी आफ्ना च्याप्टरमार्फत सदस्यता वितरणका लागि बजारहरु तातिरहेका छन, अहिले । करिब दश हजार सदस्य संख्याले संसारमै सबैभन्दा ठुलो मानिएको तर आईसीसीमा आफ्नो उपस्थितिका हिसावले सम्भवत सबैभन्दा कमजोर सावित एनआरएन अमेरिकाको निर्वाचनको मुखमा पनि आशातित सदस्य बढेका त के, नविकरण पनि ज्यादै न्यून देखिएको छ ।

उम्मेद्वारी घोषणा, सामाजिक संजालहरुमा बिभिन्न छद्म नाममा खोलिएका खाताहरुबाट भड्किलो प्रचारमा लागेको परिस्थिती र राजनैतीक प्रतिशोधका मापनमा उम्मेद्वारहरुकै संख्या मात्र बढेको देखिएको यो अवस्थामा उम्मेद्वार घोषणा गर्नेहरु नै सदस्य नभएको तथ्यहरु सार्वजानिक भएका छन । अपेक्षाक्रित सम्भावित सभापतीहरुको उम्मेद्वारी घोषणाको प्रतिस्पर्धामा जती नाम आए, शायद अब बजारमा अरु नाम नआउलान ।
सबैभन्दा बढी उपाध्यक्षका उम्मेद्वार देखिएका छन । ‘हजुर म त उपाध्यक्ष’, भन्न र काम गर्न सजिलो, अत: यही बिकेको छ, बजारमा ।

अवधी सकिनै लागेको सदस्य संख्याको हिसाबले शक्तिशाली क्षेत्र मानिएको क्यालिफोर्नियामा तुलनात्मक रुपले अहिलेसम्म उम्मेद्वारहरु काम घोशित छन । तर च्याप्टर कार्यक्रम र वर्तमान कार्यसमितिमा दर्हो उपस्थितिले कार्यक्रम र सकृयताले केही न केही गरिरहेको छ, क्यालिफोर्निया ।
हालै एनआरएन, क्यालिफोर्निया च्याप्टरको आयोजनामा लस एन्जलसमा ‘सदस्यता बितरण – छलफल कार्यक्रम’ ले आफुलाई सकृय बनाईरहेको छ । उम्मेद्वारहरुको संख्या पक्कै बढ्ने आशा गरिएको क्यालिफोर्निया र बिशेषत : लस एन्जलसमा एनआरएन सदस्यता बढावाका लागि एक समिती निर्माण गरिएको छ ।

एनआरएन, अमेरिकाकी सह-सचिव संगिता लम्साल सिवाकोटी, एनआरएन अभियान्ता राजेन्द्र सिवाकोटी र मुकुन्द ढुंगाना, क्यालिफोर्निया च्याप्टर सभापती पूर्ण बानिया, जनसम्पर्क समितिका लस एन्जलस सभापती मदन पाठक, उपाध्यक्ष रामबाबु पाण्डे, उमा कार्की थापा, बलराम थापा, नविन पोखरेल  र च्याप्टर पदाधिकारीहरु एवम स्थानियहरुको सहभागीतामा आयोजित कार्यक्रमले क्यालिफोर्निया राज्य र लस एन्जलसमा यसपाला सदस्य संख्या बढाएरै छाड्ने बताएका छन ।

च्याप्टर उपाध्यक्ष रामबाबु पाण्डेका अनुसार सदस्यता परिचालन समिती यस प्रकार रहेको छ :
राजेन्द्र सिवाकोटी,
कृष्ण कोईराला,
एकदेव शर्मा,
चक्रपाणी मिश्र र
ईन्दिरा त्रिपाठी ।

बिगतमा चुनावी वेगमा उल्लेख्य भुमिका निर्वाह गरेको क्यालिफोर्नियाको यसपालीको सकृयता हेर्न बांकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *