आयोवा, अमेरिका ।
बिगत लामो समयदेखि एनआरएन अभियानमा लागिरहेका आयोवा निवासी पुरोषत्तम बोहराले एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपालमा रंहदा देखि नै राजनीति र समाजसेवामा सकृय रहंदै आएका बोहराले एनआरएन अमेरिका मार्फत आफुले अमेरिकामा रहेका नेपालीहरुको हितमा काम गर्ने चाहना राखेर उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
एक दशक भन्दा लामो समयदेखि अमेरिकामा रहेर ब्यवसायमा सकृय रहेका बोहराले उपाध्यक्षमा पदमा आफु निर्बाचित भएमा मुख्यत दुई वटा कुरामा आफुलाई र संस्थालाई डोर्यानउने घोषणा समेत गरेका छन् । बोहराले उठाएका दुई मुद्दा :
१, NRNA, USA लाई स्थानिय संस्था संग एकाकार गर्दै आम अमेरिकावासी नेपालीहरुको गौरवशाली संस्था बनाउन हरदम प्रयत्न गर्ने,
२, समृद्ध नेपाल हाम्रो सपना हो, नेपाल दुख्दा हामीलाई दुख्छ दुख्नु पर्दछ। बिकास-निर्माण, लगानी र आपत-विपतमा नेपाली जनता संग काँधमा काँध होष्टेमा हैंसे गर्ने,
बोहराले एनआरएन अमेरिकाको आगामी निर्बाचनमा उपाध्यक्ष पदमा धेरै आकांक्षी देखिएको भए पनि आफु अमेरिकामा रहेका नेपालीहरुको मन जित्न सक्ने कुरामा बिश्वस्त रहेको बताएका छन् । यस अघि एनआरएन अमेरिकाको महासचिव पदमा उम्मेद्वारी दिएर प्रवासी नेपालीहरुको मन बुझिसकेका बोहोरा नेपालको नुवाकोटका स्थायी बासिन्दा हुन् ।
उपाध्यक्ष पदको उम्मेद्वारीमा बोहोराको बक्तब्य :
सम्पुर्ण आदरणीय अमेरिकावासी नेपालीहरुमा नमस्कार।
सानै उमेर देखी समाजसेवा र सामाजिक भावनाले अभीप्रेरित हुँदै निरन्तररुपमा समाज भलाईकै खातिर अघी बढिरहेकै छु।यही सामाजिक भावनाको पवित्र उदेस्यका साथ स्थापना भएको र नेपाल सरकार बाट समेत मान्यता प्राप्त NRNA USA को आगामी May महीनामा हुन लागिरहेको निर्वाचनमा आफुलाई मध्य-पश्चिम (Mid-West) क्षेत्र बाट उपाध्यक्ष पदको उम्मेदवारको रुपमा उभ्याउन पाउँदा अत्यन्तै गौरवान्वित महशुस गरेको छु।उपाध्यक्षको रुपमा मैले दुइटा कुरामा बिशेष जोड दिने छु।
1. NRNA USA लाई स्थानिय संस्था संग एकाकार गर्दै आम अमेरिकावासी नेपालीहरुको गौरवशाली संस्था बनाउन हरदम प्रयत्न गर्ने छु।
2. समृद्ध नेपाल हाम्रो सपना हो नेपाल दुख्दा हामीलाई दुख्छ दुख्नु पर्दछ।बिकास-निर्माण,लगानि र आपत-विपतमा नेपाली जनता संग काँधमा काँध होष्टेमा हैंसे गर्ने छु।
संस्थाको गौरव हामी सबैको साझा गौरव हो म अत्यन्तै सचेत छु,त्यसैले आउनोस यो संस्थाको छाता मुनि आबद्ध होऔं यो संस्थालाई अझै मर्यादित र ब्यबस्थित बनाऔं।
पुरुषोत्तम बोहरा
उपाध्यक्ष पदको उम्मेदवार
NRNA of USA २०१७-२०१९
आयोवा (Iowa)
Ph: 502-681-6144
[email protected]
Appreciate the helpful advice. For more, visit https://unsplash.com/@klosowskivhrl