२०८२ चैत ३ गते | 17th of March 2026

दुर्गममा पाठ्यपुस्तक नपुगेको भन्दै जनक शिक्षामा पुगेका विद्यार्थीलाई प्रहरीद्धारा गिरफ्तार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १२ गते १७:२१

भक्तपुर, १२ साउन । पाठयपुस्तक सबैतिर समयमा पुराउनु पर्छ भन्ने माग राख्दै सानोठिमी पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विद्यार्थीहरु पाठ्यपुस्तक छपाइमा ढिलाइ एवं दुर्गम क्षेत्रमा अझै पुस्तक नपुग्नुका कारणसहित पुस्तक सबै ठाउँमा पुर्याउन माग गर्दै सानोठिमी पुगेका थिए ।
बुधबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा पुगेर तीन दिनअघि ज्ञापन पत्र बुझाए पनि जवाफ नदिएको भन्दै विद्यार्थीले धर्नासँगै विरोध गर्न थालेपछि महानगरीय प्रहरी बृत्त थिमिले चार जना विद्यार्थीलाई पक्राउ गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पाटी राष्ट्रवादी निकट राष्ट्रवादी विद्यार्थी संघले तीनदिन अघि जवाफसँगै सबै ठाउँमा पुस्तक पुर्याउन माग गर्दै दिएको ज्ञापन पत्रको जवाफ माग्दै शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले लाठी बर्साएको संघका अध्यक्ष उज्वल पोखरेले बताए ।
जनक शिक्षा सामग्री केन्द्रका कर्मचारीले भने धर्नाका नाममा केन्द्रमा तोडफोड गर्दै तालाबन्दी गर्नखोजे पछि प्रहरीको साहार लिएको दाबी गरेका छन् । पक्राउ परेका अन्य चारजनालाई दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *