२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन जापाको केन्द्रीय उपाध्यक्षमा द्रोण सिलवालको उम्मेदवारी, को हुन सिलवाल ?

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते ७:१७

काठमाडौं २४ साउन । आगामी सेप्टेम्वर ३ तारिक हुने गैर–आवासिय नेपाली संघ (एनआरएन) जापाको केन्द्रीय उपाध्यक्षमा द्रोण सिलवालले उम्मेदवारी घोषणा गरेका छन । नेपालको विकास र समृद्धिका लागि प्रवासी नेपालीको योगदान हुनुपर्छ भन्ने सोच राख्दै आफनो आवजलाई बुलन्द पार्दे सिलवालले उम्मेदवारी घोषणा गरेका हुन । एनआरएनएको संस्थागत विकास र प्रवासी नेपालीको हितको लागि आफुले केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिएको सिलवालले बताए ।

समाज र प्रवासी नेपालीको हितमा पनि प्रशस्तै समय दिएका सिलवाल उच्च शिक्षा अध्ययनको लागि जापान प्रवेश गरेका थिए । उच्च शिक्षा हासिल गर्ने उद्देश्य लिएर जापान पुगेका सिलवालले अध्ययन संगै व्यापार व्यवसायमा लाग्ने अवसर पाए । उनी जापानमा रिकन्डीसन गाडीको व्यापारमा सलग्न रहेका छन । उनले आफनो व्यवसाय जापानमा सिमित राखेका छैनन । नेपालमा पनि व्यापार व्यवसाय गर्दै आएका छन ।
कर्मथलो जापानलाई बनाएपनि नेपाल र नेपाली भनेपछि भित्रैदेखि आत्मीयता बढेर आउने रहेछ, उनि भन्छन्– ‘मैले आफ्नो जन्मथलोलाई सकेजति योगदान दिने प्रण गरेको छु ।’ विश्वमा नेपालीको छुट्टै पहिचान र ओज छ यसलाई जगेर्ना गर्नु हामी सवैको कर्तव्य रहेको सिलवाल बताउँछन् । त्यसैले त उनि जापानमा रहेर पनि नेपालको कला, संस्कृती, भेषभुषा र पहिचानलाई चिनाउने कार्यमापनि सक्रिय छन् ।

को हुन सिलवाल ?
सिलवाल सन् २००५ देखी २०१० सम्म चेम्वर अफ नेप्लीज ट्रेडर्स (सिएनटी) निगाता जापानमा सदस्यको रुपमा रहेका थिए । त्यतिमात्र नभएर उनि सन् २०१३ देखी २०१९ सम्मको लागि एनआरएन कोसिनेत्सुमा सलहकारको रुपमा रहेका छन् । नेपालको मानचित्रलाई विश्वमा चिनाउन ‘बुद्ध बर्न इन नेपाल’ भन्ने अभियान संचालनमा पनि ठूलै पहल गरेका छन् । २०७२ सालको भूकम्प भनौं या बाढीपहिरोले क्षती पुर्याएका नेपालीको लागि उनले जापानबाटै सहयोग जुटाउँदै आएका छन् ।

यसरी सामाजिक काममा सक्रिय रहेका सिलवालले आउने निर्वाचनमा सम्पूर्ण एनआरएनका सदस्यहरुलाई सहयोग, समर्थन र सद्भावका साथ मतदान गरी विजय गराइदिनुहुन आग्रह गरेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *