डोल्मा लामा
लस एन्जलस, अमेरिका । नेपाल अमेरिका एकता समाजको सकृयतामा क्यालिफोर्नियाको लसएन्जलसमा एनआरएनको सदस्यता विस्तार कार्यक्रम सम्पन्न भयो । सबै नेपालीलाइ समेट्न सक्ने र सबैको साझा संस्थाको सदस्यता लिन कार्यक्रममा उपस्थित नेपाली समाजका अभियन्ताहरूले जोड दिएका थिए ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/17203589_1861892897433777_2134374509_n.jpg?oh=2df891bb6aa2de312e69c7359e770d29&oe=58C32EFC)
कार्यक्रममा एनआरएन अमेरिकाकी सह-सचिव संगिता लम्साल शिवाकोटी, एनआरएन अभियान्त राजेन्द्र शिवाकोटी, मुकुन्द ढुंगाना, एनआरएन आईसीसीका सदस्य दिलबहादुर श्रेष्ठ, एनआरएन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रामबाबु पाण्डे, सामाजिक अभियान्त उमा कार्की थापा, इन्दिरा त्रिपाठी लगायतले सदस्यता विस्तारमा सकृय सहयोग गरेका थिए । त्यस अवसरमा शारदा श्रेष्ठ, बासुदेव घिमिरे, कृष्ण कोईराला, बलराम थापा, शान्तिराम ढकाल, नविन पोखरेल, सुर्य प्रसाई, मेगेन्द्र श्रेष्ठ, पत्रकारहरु सुदिप पन्त र शंकरराज वाग्ले एवम लसएन्जल्सबासी स्थानियहरुको ठूलो सहभागिता थियो ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t34.0-12/17204415_1861892854100448_1864674957_n.jpg?oh=fb9935fb89c0164dea306554411bd452&oe=58C31B95)
कार्यक्रममा क्यालिफोर्निया राज्य र लस एन्जलसमा यसपटक सदस्य संख्या अत्यधिक रुपमा बढाउने र आसन्न निर्वाचनको लागि सक्षम तथा सबल भावी नेतृत्वको निम्ति सहयोग गर्ने प्रतिवध्दता व्यक्त भएको आयोजक संस्थाकी महासचिव डोल्मा लामाले बताएकी छिन् ।![](https://scontent-sjc2-1.xx.fbcdn.net/v/t35.0-12/17230337_1861892860767114_128968232_o.jpg?oh=a71ddea2bc35742ceb8e9bb12fadf66f&oe=58C20653)