२०८१ वैशाख १५ गते | 27th of April 2024

‘माइन्ड’को नयाँ कन्सेप्ट, नेपालको शिक्षामा अन्तराष्ट्रिय गुणस्तर ल्याउने

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १० गते १७:१०

नेपालको शिक्षा क्षेत्रलाई सुधार गरी अन्तराष्ट्रिय गुणस्तरको बनाउने उद्देश्यले काठमाडौंमा एडभान्सएड के १२ स्कुल समिट नेपाल गरिने भएको छ । म्यानेज्मेन्ट इन्ष्टिच्युड फर नेशनल डेभलोप्मेन्ट (माइन्ड) को आयोजनामा आइतबार काठमाडौंको होटल र्याडिशनमा समिटको आयोजना गर्न लागेको हो ।

उक्त समिटमा उप(प्रधान एंव शिक्षा मन्त्री गोपालमान श्रेष्ठ प्रमुख आतिथि र पूर्व शिक्षा मन्त्री डा गंगालाल तुलाधरले विषेश अथिती रहने माइनद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा जनाइए अनुसार समिटमा अमेरिकि र भारतिय दुतावासका पदाधिकारीहरु, सम्बन्धित विभागका सरकारी कर्मचारीहरु र विभिन्न उच्च माध्यमिक एवं माध्यमीक विधालयहरुका अध्यक्ष र प्राचार्यहरुको सहभागिता रहने जनाइएको छ । माइनले यस अघि शुक्रबार पक्रकार सम्मेलनको उद्देश्य र तयारीबारे जानकारी गराइ सकेको छ ।

म्यानेज्मेन्ट इन्ष्टिच्युड फर नेशनल डेभलोप्मेन्ट (माइन्ड) एउटा संस्था हो । यसले एडभान्स एडसंगको सहकार्यमा नेपालको शिक्षालाई अन्तराष्ट्रिय गुणस्तर बनाउने उद्देश्य रहेको छ । एडभान्सएड अमेरिका र विश्वकै सबैभन्दा ठूलो शैक्षिक अनुबन्धन गराउने संस्था हो । जसले विश्वका ७४ वटा देशका ४४ हजार भन्दा बढी माध्यमिक र उच्च माध्यमिक विध्यालयहरुलाई अनुबन्धन गराइसकेको छ । जसमा २ करोड भन्दा बढी विध्यार्थी अध्यनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *