२०८२ माघ ४ गते | 17th of January 2026

शिक्षामन्त्रीलाई सार्वजनिक बहिस्कार गर्ने विद्यार्थी संगठनको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज २६ गते १६:०९

 

काठमाडौं, २६ असोज । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक रुपमा बाहिस्कार गर्ने विद्यार्थी संगठनले घोषणा गरेका छन । शिक्षा ऐनको नवौ संशोधन विधेयक ल्याएर सार्वजनिक शिक्षाको गुणस्तर खस्काएको भन्दै विभिन्न नौ विद्यार्थी संगठनले शिक्षामन्त्री श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने घोषणा गरेका हुन ।
विद्यार्थी संगठनले मन्त्री बाहिस्कारसंगै विधेयक प्रमाणिकरण नगर्न पनि राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने भएका छन । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठनलगायतका नौ विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले मन्त्री श्रेष्ठले सार्वजनिक शिक्षा क्षेत्रलाई तहसनहस पारेकाले बहिस्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले बताए ।
खिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी
विधेयक हाल प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा छ । विधेयक प्रमाणीकरण नगर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेरै आग्रह गरिने पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *