कैलाशबाबु श्रेष्ठ – गोरखा । देशभरका आश्रमहरुमा बृद्व आमाबुवालाई जानबाट रोक्ने तथा आश्रम सम्म आमावुवालाई नआउने बातारवरण बनाउने उद्वेश्यका साथ आयोजित ‘आमा सेमिनार’ सम्पन्न भएको छ ।
बृद्व आमाबुवा जिवित देवी देवता भएका कारण त्यस्ता देवीदेवताहरुलाई छोरा छोरीहरुले बृद्वावस्थामा आफ्नो वरपर नै राखेर पालनपोषण गनुपर्ने जनचेतना जगाउने उद्वेश्यका साथ गोरखा नगरपालिका र मानव सेवा आश्रमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो ।
सदरमुकामको गोरखाकाली चलचित्र मन्दिर हलमा भएको कार्यक्रममा ठुलो संख्यामा सर्व साधारणहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा आश्रमका सल्लाहकार डा.गोबिन्द टण्डन, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र उपमेयर बिना श्रेष्ठले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा हालै सम्पन्न गोरखकाली मेलाका आयोजक संस्था हरमटारी क्लबले ४९ हजार ७ सय १६ रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।