२०८१ वैशाख २१ गते | 3rd of May 2024

आयोवा राज्यमा एनआरएनको कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ १७ गते १७:२५

आयोवा –  यही जनवरी २७, २०१८, शनिवारको दिन गैह्र आवासीय नेपाली संघ, अमेरीका, आयोवा स्टेट च्याप्टरद्वारा आयोजना गरिएको ‘नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा अन्तरक्रिया कार्यक्रम’ भब्य रुपमा सम्पन्न भएको छ।

एनआरएनए अमेरीकाका अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा एनआरएनए, एनसीसी बोर्ड अफ डायरेक्टर गोपेन्द्र भट्टराई ,केन्टकी च्याप्टर अध्यक्ष दिलु पराजुली, इन्डियाना च्याप्टर अध्यक्ष रजिब श्रेष्ठ, ईलिनोई च्याप्टर अध्यक्ष सत्य नारायण चौधरी तथा विस्कान्सन च्याप्टर अध्यक्ष बुद्धि सुबेदीले अतिथिको रुपमा आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि डा. पौडेलले नव निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण पराउनुका साथै एनआरएनएको छोटो इतिहास र यसले गरेका प्रमुख कार्यहरुको चर्चा गर्नु भएको थियो । सो कार्यक्रममा एनआरएन परिचय पत्र टास्कफोर्सको संयोजक गोपेन्द्र भट्टराईले परिचय पत्र प्रोजेक्टको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो।

उक्त कारर्यक्रममा आयोवा राज्य च्याप्टरको सकृयता एवं पहलमा आयोवा राज्यमा ब्यापार ब्याबसाय संचालन गरिरहेका १७ वटा ब्यापारीक संस्थानहरूसंग सहुलियत सम्बन्धी सहमति पत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको थियो। सहमतिपत्रमा सही गर्ने ब्यबसायहरूले एनआरएन कार्ड हुने ब्यक्तिहरूलाई आफ्नो बस्तु तथा सेवामा सम्बन्धी ब्यबसायमा निस्चित प्रतिशत छुट दिनेछन्।

सोही कार्यक्रममा आयोवा च्याप्टरले आफ्नो कार्य सम्पादन सहज तुल्याउनका लागि सात सदस्यीय सल्लाहकार समिति गठन गरेको पनि घोषणा गरेको थियो।कार्यक्रममा सल्लाहकार द्वय किरण बस्नेत तथा दिपक लिम्बुले पनि आ-आफ्नो मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।

सोही समारोहमा आयोजित अन्तरकृया कार्यक्रममा सहभागिहरूले सोधेका एनआरएनए सम्बन्धी जिज्ञासाहरुको उत्तर केन्द्रबाट पाल्नु भएका डा. केशव पौडेल तथा गोपेन्द्र भट्टराईले दिनु भएको थियो ।

एक सय जना भन्दा बढि ब्यक्तिहरूको सहभागिता रहेको सो कार्यक्रमको सभापतित्व एनआरएनए, आयोवा च्याप्टर अध्यक्ष महेन्द्र बस्नेतले गर्नु भएको थियो भने भने कार्यक्रम संचालन च्याप्टर सचिव रघु आचार्य तथा स्वागत मन्तब्य महिला संयोजक तारा मरहट्ठाले राख्नु भएको थियो ।

भबदीय
रघु आचार्य

एनआरएनए, आयोवा च्याप्टर सचिब

Leave a Reply

Your email address will not be published. Required fields are marked *