२०८१ वैशाख १५ गते | 27th of April 2024

एनआरएन अमेरिकाद्धारा हेल्प डेस्क संचालन

खुल्लामन्च
 प्रकाशित: २०७४ फागुन ७ गते ८:३८

अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले शनिबार टेक्सासको अष्टिनमा एक कार्यक्रमको आयोजना गरि हेल्प डेस्कको उद्घाटन गरेको छ ।

अमेरिकामा रहेका नेपालीहरुका समस्या समाधान गर्ने उद्देश्यसहित एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्प डेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बर संचालनमा आएको घोषणा गर्नुभएको हो ।

अव देखी ८४४६७६२८७२ नम्बर डायल गरेर प्राप्त हुने जानकारी अनुसार आफ्ना समस्या टिपाउन सकिन्छ । हेल्प डेस्क समिती संयोजक तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले एनआरएनएले समाधान गर्न सक्ने समस्या भएमा एनआरएनले समाधान गर्ने र एनआरएन मार्फत समाधान नहुने समस्या आएको खण्डमा सरोकारवाला निकायसंग समन्वय गरेर समस्या समाधानको उपाय खोजिने बताउनुभयो ।

हेल्प डेस्कलाई प्रभावकारी बनाउन सबैपक्षहरु संग समन्वय गरिरहेको र सबै च्याप्टरहरुमा च्याप्टर स्तरिय हेल्प डेस्क समिती बनाइने पनि उहांले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले आलोचनाका लागी आलोचना मात्रै नभएर राम्रो कामको प्रशंसा गर्नुपर्नेमा जोड दिंदै हेल्प डेस्क तथा टोल फ्री नम्बरको शुरुवात यस्तो राम्रो काम भएको बताउनुभयो । हेल्प डेस्क संगै आइडी कार्ड, नेपाली भाषा पुस्तक, छात्रबृत्ती लगायतका प्रशंसायोग्य कार्यक्रमहरुलाई सबैको सहयोग अपरिहार्य भएको अध्यक्ष डा. पौडेलले बताउनुभयो ।

कार्यक्रमका अवसरमा एनआरएन अमेरिकाका महासचिव बि आर लामा, महिला संयोजक इन्दिरा त्रिपाठी, युवा संयोजक स्वराज खाती, प्रबक्ता बिनोद तिवारी, बोर्ड अफ डाइरेक्टर संजय थापा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, डा. अर्जुन बञ्जाडे, हेल्प डेस्क समितीका थलराज पन्त, सरोज सिग्देल, ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपाने, पुर्ब अध्यक्ष गेहेन्द्र के सी, जन सम्पर्क समिती अमेरिकाका उप सभापती सिपी पौडेल, डा. कमल अधिकारी, चन्द्रशेखर यादब, लगायतले हेल्प डेस्क कार्यक्रम प्रभावकारी भएमा एनआरएन प्रतिको जन बिश्वास अझ बढ्दै जानेमा जोड दिंदै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा हेल्प डेस्कको लक्ष्य तथा उद्दृश्यका बारेमा हेल्प डेस्क समितीका सदस्य सचिव मणी नेपाली पनेरुले स्पष्ट पार्नुभएको थियो । एनआरएन टेक्सास च्याप्टर अध्यक्ष भानु खरेलले स्वागत मन्तव्य तथा महासचिव पदम ठकुराठीले संचालन गरेको कार्यक्रममा एनआरएन आइसीसी सदस्य सरला कंडेल, नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष भोला आचार्य, हेम सरिता फाण्डेशनका संस्थापक हेम पाठक, बरिष्ठ संचारकर्मी नारायण पुरी, एनआरएन टेक्सास च्याप्टरका पुर्ब अध्यक्ष उत्तम लामिछाने, एएनएका महासचिव बिजयराज भट्टराई, जन सम्पर्क समिती अमेरिकाका अष्टिन च्याप्टरका सभापती प्रेम पाण्डे, ८८४८ मिडिया हाउसका अध्यक्ष देबी भेटवाल, हेल्प डेस्क समितीका सदस्य तथा एनआरएन कोलोराडो च्याप्टरका पुर्ब अध्यक्ष बास ुदेब खनाल लगायत बिभिन्न क्षेत्रका एनआरएनहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय कलाकाहरुको नृत्य संगै बरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीद्धारा निर्देशित नाटक नेपाल आमा समेत मंचन गरिएको थियो । कार्यक्रमको उद्घाटन फरक ढंगले गमलामा रहेको बिरुवालाई पानी सिंचाइ गरेर गरिएको थियो ।

कार्यक्रम एनआरएन अमेरिका केन्द्रिय हेल्प डेस्क समिती, एनआरएन टेक्सास च्याप्टर, ग्रेटर अष्टिन नेपाली सोसाइटीको समन्वय तथा ८८४८ मिडिया हाउसको व्यवस्थापनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *